उदयपुरमा पौडी खेल्ने क्रममा डुबेर एकै घरका तीन दाजुभाईको मृत्यु

उदयपुरमा पौडी खेल्ने क्रममा डुबेर एकै घरका तीन दाजुभाईको मृत्यु


  • जनसञ्चार डट कम संवाददाता
  • शुक्रबार, १५ साउन २०८३
  • 1K
    Shares

3 chiuldren ded while swimming

काठमाडौं, १५ साउन २०८३।

उदयपुरको कटारी नगरपालिका–३ हडैयामा पौडी खेल्ने क्रममा डुबेर एकै घरका तीन दाजुभाइको मृत्यु भएको छ।

मृत्यु हुनेमा एकै घरका दाजुभाइ ११ वर्षीय सुमितकुमार दनुवार, ८ वर्षीय आदित्यकुमार दनुवार र ७ वर्षीय सुगमकुमार दनुवार रहेका छन्।

इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) उपेन्द्र खरेलका अनुसार हडैयास्थित खहरे खोलामा बाँध लगाउँदा बनेको गहिरो खाल्डोमा जमेको पानीमा पौडी खेल्ने क्रममा तीनै जना डुबेका थिए।

घटनापछि स्थानीयवासीले तत्काल उद्धार गरी उपचारका लागि कटारी प्रादेशिक अस्पताल पुर्‍याएका थिए। तर, चिकित्सकले परीक्षणपछि तीनै जनालाई मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार मृतक तीनै बालकको शव पोस्टमार्टमका लागि कटारी प्रादेशिक अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया