काठमाडौंमा स्कुटर–मिनी ट्रक ठोक्किँदा दुईजनाको मृत्यु

काठमाडौंमा स्कुटर–मिनी ट्रक ठोक्किँदा दुईजनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ११ साउन २०८३
  • 893
    Shares

bike and mini truck accident

काठमाडौं, ११ साउन २०८३।

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ तीनथानास्थित सडकखण्डमा सोमबार बिहान स्कुटर र मिनी ट्रक एकापसमा ठोक्किँदा स्कुटरमा सवार दुईजनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार,  काठमाण्डौको सतुंगलबाट कलंकीतर्फ जाँदै गरेको बा.प्र.०२–०३८ प ९८९७ नम्बरको स्कुटर र सोही दिशातर्फ गुडिरहेको लु १ क ४२५६ नम्बरको मिनी ट्रक  बिहान २ः५८ बजे एकापसमा ठोक्किँदा स्कुटरमा सवार दुईजनाको मृत्यु भएको हो।

उक्त दुर्घटनामा परेर चन्द्रागिरि नगरपालिका–१२ हरियाली निवासी ४० वर्षीय दीपक नेपाल र चन्द्रागिरि नगरपालिका–१४ निवासी ५६ वर्षीया शुभद्रा कुमारी नेपाल को मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको जनाएको छ। मृतकका शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाइएको छ भने मिनी ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया