स्याङ्जामा अकला मन्दिरको दानपेटिका चोर्दाचोर्दै दुई जना पक्राउ

स्याङ्जामा अकला मन्दिरको दानपेटिका चोर्दाचोर्दै दुई जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ९ साउन २०८३
  • 3.7K
    Shares

akala mandir danpetika chori , स्याङ्जाको अकला मन्दिरको दानपेटिका चोर्दाचोर्दै दुई जना पक्राउ

वालिङ (स्याङ्जा), ९ साउन २०८३।

स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित धार्मिक आस्थाको केन्द्र त्रिकन्या अकलादेवी मन्दिरको दानपेटिका चोरी चोर्दाचोर्दै दुई जना पक्राउ परेका छन्।

पिडिखोला गाउँपालिका–६ रामीडाँडा स्थायी घर भई हाल नवलपरासीको भुताहा बसोबास गर्दै आएका दुई जनालाई त्रिकन्या अकलादेवी मन्दिरको दानपेटिका चोरी चोर्दाचोर्दै पक्राउ परेका हुन्।

उनीहरुलाई बिहीबार दिउँसो करिब ३ बजे मन्दिरको दानपेटिका चोरी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। उनीहरुको साथबाट मन्दिरबाट चोरी भएको रु. २१ हजार ९७० नगद बरामद गरिएको वडा सदस्य धर्मागत पराजुलीले जानकारी दिएका छन्।

घटनामा संलग्न दुवै व्यक्तिमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

प्रतिक्रिया