काठमाडौं ३० का लेखा अधिकृत भट्टराई घुससहित पक्राउ

काठमाडौं ३० का लेखा अधिकृत भट्टराई घुससहित पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ८ साउन २०८३
  • 1K
    Shares

पोखरा, ८ साउन २०८३

 काठमाडौं महानगरपालिका वडा नम्बर ३० का लेखा अधिकृत (छैठौ) उद्वब भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई २१ हजार घुस रकमसहित नियन्त्रणमा लिएको हो । 

स्थायी लेखा नम्बर बन्द गर्नका लागि वडा कार्यालयबाट दिनुपर्ने सिफारिसका लागि सेवाग्राहीसँग २१ हजार रुपैयाँ घुस लिएका लेखा अधिकृत भट्टराईलाई शुक्रबार (साउन ८) वडा कार्यालयबाटै नियन्त्रणमा लिएको अख्तियार प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । उनीमाथि थप अनुसन्धान थालिएको प्रवक्ता न्यौपानले जनाएका छन् । 

प्रतिक्रिया