पोखराको ढुंगेसाँघुमा गएराती हायसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पोखराको ढुंगेसाँघुमा गएराती हायसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ८ साउन २०८३
  • 1.4K
    Shares

पोखरा, ८ साउन २०८३ ।

पोखराको ढुंगेसाँघुमा गएराती हायसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

पोखरा महानगरपालिका–१५ ढुंगेसाँघुस्थित सडकमा बुधबार राति ग १ ज ८२५० नम्बरको हायसले ग १३ प ६०२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका पोखरा–१५ टुटुङ्गाका १९ वर्षीय सौगात भनिने लोकबहादुर गुरुङको उपचारका क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा बिहीबार बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा मोटरसाइकलमा सवार अर्का एक व्यक्ति घाइते भएका छन्। उनको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ।

दुर्घटनापछि हायस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया