पार्किङमा राखिएको स्कुटर चोरी गरेको आरोपमा गोरखाबाट दुई युवा पक्राउ

पार्किङमा राखिएको स्कुटर चोरी गरेको आरोपमा गोरखाबाट दुई युवा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ८ साउन २०८३
  • 380
    Shares

गोरखा, साउन ८ , २०८३।

पार्किङमा राखिएको स्कुटर चोरी गरेको आरोपमा गोरखाबाट दुई युवा पक्राउ परेका छन्।

गोरखा नगरपालिका–११ तेहकिलो निवासी हस्तबहादुर रम्तेलको घर नजिक पार्किङ गरी राखिएको ना ३५ प ५३ नम्बरको स्कुटर चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका हुन्। उक्त आरोपमा पक्राउ पर्नेमा गोरखा नगरपालिका–६ का २१ वर्षीय विक्रम विक र एक जना नाबालक रहेको प्रहरीले जानकारी दिएको छ।

उनीहरुले उक्त स्कुटर गएको साउन ५ गते राति चोरी गरेकोमा पालुङटार नगरपालिका–१ मसानेठाँटीस्थित सडक किनारमा बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ परेका दुवै जनाविरुद्ध थप अनुसन्धानका लागि साउन ७ गते गोरखा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

प्रतिक्रिया