जेन जी आन्दोलनमा सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोरी गरेको आरोपमा काठमाण्डौबाट एक युवा पक्राउ

जेन जी आन्दोलनमा सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोरी गरेको आरोपमा काठमाण्डौबाट एक युवा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ७ साउन २०८३
  • 1.1K
    Shares

धनगढी, ८ साउन २०८३

सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई काठमाडौंको कीर्तिपुरबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–१३, हिमालीटोलका २३ वर्षीय नीराजन कुँवर रहेका छन्।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कुँवरलाई कीर्तिपुरबाट पक्राउ गरेको हो। पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि धनगढी लगिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिए।

प्रहरीका अनुसार २०८२ भदौ २५ गते कुँवरसहितको समूहले सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य संकायका डिन डा. होमनाथ जोशीको धनगढी–५, हसनपुरस्थित निवासबाट दिनदहाडै गाडी चोरी गरेको अनुसन्धानबाट खुलेको छ।

डिनको निवासमा पार्किङ गरेर राखिएको बा.२ झ २८५९ नम्बरको स्कोर्पियो गाडी चोरी भएको थियो।

प्रहरीका अनुसार कुँवरविरुद्ध चोरी तथा लिखतसम्बन्धी कसुरमा कैलाली जिल्ला अदालतबाट असार ३० गते पक्राउ पुर्जी जारी भएको थियो। पक्राउ परेका कुँवरमाथि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया