पोखरा , ६ साउन २०८३।
सुर्खेत — सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ स्थित सेराघारी सडकखण्डमा फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
सिम्ताबाट गुमीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०४९० नम्बरको फोर्स गाडी बुधबार अनियन्त्रित भई सडकमै पल्टिएर दुर्घटनाग्रस्त हुँदा १९ जना घाइते भएका हुन्।
प्रहरीका अनुसार गुर्भाकोट नगरपालिका–१३ निवासी करिब ४३ वर्षीय गगन थापाले चलाएको उक्त गाडी दुर्घटनामा चालक सकुशल रहेका छन् भने चालकबाहेक १९ जना यात्रु घाइते भएका छन्।
घाइतेहरूको उद्धार गरी कर्णाली प्रदेश अस्पताल, कर्णाली केयर अस्पताल, माया अस्पताल र मेहेलकुना अस्पतालमा उपचार भइरहेको छ। उपचाररतमध्ये सिम्ता गाउँपालिका–९ का ४० वर्षीय गणेश वली, ५ वर्षीय रियाज शाही र तनहुँ घर बताउने ३९ वर्षीया भावना राईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
अन्य घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको छ। उनीहरूको टाउको, हात, खुट्टा, ढाड तथा शरीरका विभिन्न भागमा चोट लागेको जनाइएको छ।
दुर्घटनाग्रस्त फोर्स गाडी घटनास्थलमै रहेको छ। प्रहरीले चालकलाई नियन्त्रणमा लिई दुर्घटनाको कारणबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
घाइतेहरूको निम्न अस्पतालहरूमा उपचार भइरहेको छ :-
कर्णाली प्रदेश अस्पताल कालागाउ सुर्खेतमा उपचार भई रहेको ।
१.जिल्ला सुर्खेत सिम्ता गा.पा ९ बस्ने बर्ष ४० को गणेश वली टाउकोमा चोट, अवस्था सिरीयस ।
कर्णाली केयर अस्पताल सुर्खेतमा उपचार भई रहेको
२.जि.सुर्खेत गुर्भाकोट न.पा.१३ बस्ने बर्ष २३को ममता पुन सामान्य
३. ऐ.बस्ने ममता पुनको छोरा बर्ष ५ को रियाज शाही टाउकोमा चोट, अवस्था सिरियस ।
माया अस्पताल सुर्खेतमा उपचार भई रहेको ।
४.जि.सुर्खेत सिम्ता गा.पा.९ बस्ने बर्ष ४५ की बिष्णु माया सुनार टाउकोमा चोट, अवस्था मध्यम ।
५.ऐ. बस्ने बर्ष १० को प्रविन सुनार टाउकोमा चोट अवस्था मध्यम ।
६.जि.तनहुँ वतन बताउने बर्ष ३९ की भावना राई टाउकोमा चोट, अवस्था सिरियस ।
७.ऐ.ऐ. निजको छोरा बस्ने बर्ष २ को प्रज्वल राई ढाडमा चोट, अवस्था सामान्य ।
मेहेलकुना अस्पताल सुर्खेतमा उपचार भई रहेका घाइते
८.जि.सुर्खेत गुर्भाकोट न.पा.१४ बस्ने बर्ष ३२ की जैसरा बुढा टाउको र मुखमा चोट, अवस्था मध्यम ।
९.ऐ.ऐ. बस्ने बर्ष ६०की भुमिसरा खड्का दायाँ खुट्टामा चोट, अवस्था मध्यम ।
१०.निजको श्रीमान बर्ष ४२ को उदयराम भुजेल टाउको र ढाड, चोट, अवस्था मध्यम ।
११.ऐ.ऐ. बस्ने बर्ष ४५की धनमाया भुजेल बाहिरी चोट नदेखीको अवस्था मध्यम ।
१२.जि.सुर्खेत सिम्ता गा.पा.९ बस्ने बर्ष ३२की टिका खत्री दायाँ हातमा चोट, अवस्था सामान्य ।
१३.ऐ.ऐ.बस्ने बर्ष ६० को भिम ब.थापा बायाँ हातमा चोट, अवस्था मध्यम ।
१४.ऐ.ए. बस्ने बर्ष ५५ की तुलसरा सुनार दायाँ हात ढाडमा चोट, अवस्था मध्यम ।
१५.ऐ.गुर्भाकोट न.पा. १४ बस्ने बर्ष १२ को सक्षम बुढा टाउको खुट्टामा चोट, अवस्था मध्यम ।
१६.ऐ. १२ बस्ने बर्ष १५ की प्रिति गुरुङ टाउकोमा चोट, अवस्था सामान्य ।
१७.ऐ. सिम्ता गा.पा.९ बस्ने बर्ष ३०की शान्ता खत्री शरिरको बिभिन्न भागमा चोट, अवस्था मध्यम ।
१८.ऐ.गुर्भाकोट न.पा.१४ बस्ने बर्ष १७ की भावना आले हातमा चोट, अवस्था सामान्य ।
१९.ऐ. सिम्ता गा.पा.९ बस्ने बर्ष ३०की मनिषा थापा घाटी र दायाँ हातमा चोट, अवस्था मध्यम ।