चिनियाँलाई छुटाइदिने भन्दै ७२ लाखको डिल : कलाकार खतिवडा र सशस्त्रका पूर्वएसएसपी गुरुङसहित तीन जना पक्राउ

चिनियाँलाई छुटाइदिने भन्दै ७२ लाखको डिल : कलाकार खतिवडा र सशस्त्रका पूर्वएसएसपी गुरुङसहित तीन जना पक्राउ


  • जनसञ्चार डट कम संवाददाता
  • बुधबार, ६ साउन २०८३
  • 874
    Shares

काठमाडौं, ७ साउन २०८३ ।

थुनामा रहेका चिनियाँ नागरिकलाई सेटिङ मिलाएर छुटाइदिने प्रलोभन देखाएर रकम असुली गरेको आरोपमा प्रहरीले सशस्त्र प्रहरीका एक जना पूर्व एसएसपी र कलाकारसहित तीन जना पक्राउ परेका छन्।

 थुनामा रहेका चिनियाँ नागरिकलाई सेटिङ मिलाएर छुटाइदिने भन्दै ७२ लाख रुपैयाँमा डिल गरी ९ लाख रुपैयाँ असुलेको आरोपमा कलाकार नारद खतिवडा र सशस्त्र प्रहरीका पूर्वएसएसपी गोपाल गुरुङसहित तीन जना पक्राउ परेका हुन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई सोमबार पक्राउ गरेको हो। पक्राउ पर्ने अर्का व्यक्ति उदयपुरका बिक्रमबहादुर थापा रहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार अध्यागमन विभागले पर्यटक भिसामा नेपाल आएर शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा करिब दुई साताअघि नौ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो। उनीहरूलाई अध्यागमनबाट छुटाइदिने भन्दै खतिवडा, गुरुङ र थापाले सेटिङ मिलाउने भन्दै रकम मागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

यस क्रममा ७२ लाख रुपैयाँमा कुरा मिलाएर ९ लाख रुपैयाँ अग्रिम लिइसकेको खुलेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया