स्याङ्जाको मिर्दीमा मोटरसाइकललाई टेलरले ठक्कर दिंदा चर्चित ब्यबसायी अर्यालको मृत्यु

स्याङ्जाको मिर्दीमा मोटरसाइकललाई टेलरले ठक्कर दिंदा चर्चित ब्यबसायी अर्यालको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ६ साउन २०८३
  • 646
    Shares

पोखरा , ६ साउन २०८३।

स्याङ्जाको मिर्दीमा मोटरसाइकललाई टेलरले ठक्कर दिंदा एक जना चर्चित ब्यबसायीको मृत्यु भएको छ।

मिर्दीबाट भकुण्डेतर्फ जाँदै गरेको से १ क ११८० नम्बरको टेलरले सोही दिशातर्फ अघि बढिरहेको ग १८ प ६२१६ नम्बरको मोटरसाइकललाई स्याङ्जाको वालिङ नगरपालिका–८ मिर्दीस्थित सिद्धार्थ राजमार्गमा मंगलबार साँझ ठक्कर दिंदा स्थानीय चर्चित ब्यबसायी वालिङ नगरपालिका–६ आमडाली निवासी ५५ वर्षीय विनोद अर्यालको मृत्यु भएको हो।

प्रहरीका अनुसार , उक्त दुर्घटनामा गम्भीर घाइते भएका अर्याललाई तत्काल प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारका लागि पुर्‍याइएको भए पनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए।

दुर्घटनापछि टेलर चालक बैतडीको मेलौली नगरपालिका–२ निवासी २४ वर्षीय निरज चन्दलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चालक र टेलरलाई वडा प्रहरी कार्यालय वालिङमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

प्रतिक्रिया