तनहुँको दमौलीमा बस दुर्घटना : चालक गम्भीर, १५ जना घाइते

तनहुँको दमौलीमा बस दुर्घटना : चालक गम्भीर, १५ जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ५ साउन २०८३
  • 1.5K
    Shares

तनहुँ, ५ साउन २०८३।

तनहुँको व्यास नगरपालिका–७ कलेस्ती पुलस्थित दमौली–भोर्लेटार भित्री सडक खण्डमा सोमबार बस दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् भने अन्य १४ यात्रु घाइते भएका छन्।

कलेस्तीबाट दमौलीतर्फ जाँदै गरेको ग१ख ६४६५ नम्बरको बस आज दिउँसो करिब ३:१५ बजे  चालकले नियन्त्रण गुमाउँदा कलेस्ती खोलाको पुलमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालकसहित १५ जना घाइते भएका हुन्

उक्त दुर्घटनामा सिटमै च्यापिएर गम्भीर घाइते भएका चालक व्यास नगरपालिका–२ निवासी २६ वर्षीय शम्शेर परियारको उद्धार गरेर प्रदेश अस्पताल दमौलीमा पुर्याई उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिए। चालक परियारको बायाँ खुट्टा, छाती, घाँटी र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।

बसमा करिब २५ जना यात्रु सवार रहेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ। दुर्घटनामा घाइते भएका अन्य यात्रुको अवस्था सामान्य रहेको छ।

घाइते हुनेमा श्रीमाया परियार, शान्ता गौतम, निरा गौतम, सुस्मिता साही, चन्द्रमाया गुरुङ, अनिता गुरुङ, बिन्दु गुरुङ, स्वस्तिकला खनाल, सुजिता पौडेल, सान्भि गिरि, दिपा खान, सिता नेपाली, हिरा मल्ल र नुनिमाया थापा रहेका छन्। उनीहरूको रत्नहरी अस्पताल, तनहुँमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनापछि सडक सञ्चालनमा कुनै अवरोध नरहेको र दुर्घटनाग्रस्त बस हटाउने काम जारी रहेको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

रत्नहरीअस्पताल तनहुमामा उपचार भईरहेको घाईतेहरु:-

१, चालक जिल्ला तनहुँ ब्यास २ बस्ने बर्ष २६ को शम्शेर परियार, बाया खुट्टा, छाती,घाट रटाउकोमा चोट बोल्न सक्ने सिरियस,

२, ऐ.ऐ. ४ बस्ने बर्ष ६० की श्रीमाया परियार निधारमा चोट सामान्य

३, जिल्ला लमजुङ मध्यनेपाल १ बस्ने बर्ष ३५ की शान्ता गौतम निधार र दाया हातमा चोट सामान्य,

४, ऐ. ४ बस्ने बर्ष ३२ की निरा गौतम मुखमा चोट सामान्य,

५, ऐ. बस्ने बर्ष २९ की सुस्मिता साही सामान्य,

६,जिल्ला तनहुँ ब्यास न.पा. ११ थुम्की बस्ने बर्ष ६० की चन्द्र माया गुरुङ निधार दुबै हातमा चोट सामान्य,

७,ऐ.ऐ. २ बस्ने बर्ष ४७ की अनिता गुरुङ सामान्य,

८,ऐ.ऐ. बस्ने बर्ष ४९ की बिन्दु गुरुङ बाया हात, दुबै घोडामा चोट सामान्य,

९,जि. कास्की रुपा गा.पा. १ बस्ने बर्ष ५० की स्वस्तिकला खनाल बाया घुडा र दाहिने हात समान्य,

१० जिल्ला तनहुँ ब्यास ६ बस्ने बर्ष २७ की सुजिता पौडेल बाया धुडा र गालामा चोट सामान्य,

११, ऐ.ऐ.१ बस्ने बर्ष ८ की सान्भि गिरि दाहिने गालामा चोट, सामान्य,

१२, ऐ.ऐ. बस्ने बर्ष ४० की दिपा खान बाया हात खुट्टामा चोट सामान्य,

१३, ऐ.ऐ. बस्ने बर्ष ५१ की सिता नेपाली अनुहारमा चोट सामान्य,

१४, ऐ.ऐ. बस्ने बर्ष ३५ की हिरा मल्ल निधार मा चोट सामान्य,

१५, ऐ.ऐ. बस्ने बर्ष ४४ की नुनिमाया थापा नाक र मुखमा चोट सामान्य,

बाटो सुचारू रहेको, बस हटाउने काम भई रहेको।

प्रतिक्रिया
सम्बन्धित समाचार