आज अमेरिकी र अस्ट्रेलियन डलरसहित सबैजसो मुद्रा थप महँगिए

आज अमेरिकी र अस्ट्रेलियन डलरसहित सबैजसो मुद्रा थप महँगिए


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ५ साउन २०८३
  • 4.1K
    Shares

पोखराम ५ साउन २०८३।

नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनासहित धेरैजसो मुद्राको भाउ बढेको छ। 

हिजो बढेका अधिकांश मुद्राको मूल्य आज पनि बढेको हो। 

आज अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५४ रुपैयाँ ६२ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १५३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३६ पैसा थियो। 

गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। 

त्यसैगरी आज युरो १ को खरिददर १७६ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७६ रुपैयाँ ७२ पैसा छ। हिजो युरो १ को खरिददर १७५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५९ पैसा थियो। 

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०७ रुपैयाँ ३२ पैसा र बिक्रीदर २०८ रुपैयाँ १३ पैसा निर्धारण गरिएको छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०६ रुपैयाँ ८८ पैसा र बिक्रीदर २०७ रुपैयाँ ६८ पैसा थियो। 

आज अस्ट्रेलियन डलर १ को खरिददर १०७ रुपैयाँ ७८ र बिक्रीदर १०८ रुपैयाँ २० पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०७ रुपैयाँ ३६ र बिक्रीदर १०७ रुपैयाँ ७८ पैसा थियो। 

त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ५०० रुपैयाँ ७२ पैसा र बिक्रीदर ५०२ रुपैयाँ ६७ पैसा छ। हिजो  कुवेती दिनार १ को खरिददर ५०० रुपैयाँ ०३ पैसा र बिक्रीदर ५०१ रुपैयाँ ९८ पैसा थियो। 

आज बहराइन दिनार १ को खरिददर ४०८ रुपैयाँ ३८ र बिक्रीदर ४०९ रुपैयाँ ९७ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ४०७ रुपैयाँ ७४ र बिक्रीदर ४०९ रुपैयाँ ३३ पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

प्रतिक्रिया