पोखरा ४ साउन २०८३।
बाजुराको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार जिप दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार सोमबार दिउँसो करिब १ः२५ बजे सुदूरपश्चिम प्रदेश ०१–००१ ज १८७८ नम्बरको जिप सडकको माथिल्लो मोडबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको हो।
दुर्घटनामा जिप चालक हिमाली गाउँपालिका–२ नातीखोला निवासी २५ वर्षीय जनवीर बुढा सहित ९ जना घाइते भएका छन्।
घाइतेहरूमा धर्मलाल बुढा (४०), मिजरा बुढा (३१), हुम्लाको ताजाकोट गाउँपालिका–५ निवासी अम्मर सिंह बुढा (४०), अस्मिता थापा (२०), जंग सिंह बुढा (२८), गोरख रोकाया (२०), लोकेन्द्र बुढा (२७) तथा ९ वर्षीया सुस्मा बुढा रहेका छन्।
प्रहरीका अनुसार घाइतेमध्ये चार जनाको अवस्था मध्यम र पाँच जनाको अवस्था सामान्य रहेको छ। सबै घाइतेलाई उपचारका लागि अस्पताल पठाउने पहल भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
घाइतेहरु
१. चालक जिल्ला बाजुरा हिमाली गाउँपालिका वडा नं. २ नातीखोला बस्ने वर्ष अं. २५ को जनविर बुढा ।
२. ऐ.ऐ. बस्ने वर्ष ४० को धर्मलाल बुढा ।
३. ऐ. ऐ. बस्ने वर्ष ३१ की मिजरा बुढा ।
४. जिल्ला हुम्ला ताजाकोट गा.पा. ५ बस्ने वर्ष अं. ४० को अम्मर सिंह बुढा ।
५. ऐ.ऐ. बस्ने वर्ष २० की अस्मिता थापा ।
६. ऐ.ऐ. बस्ने वर्ष २८ को जंग सिंह बुढा ।
७. ऐ.ऐ. बस्ने वर्ष २० को गोरख रोकाया ।
८. ऐ.ऐ. बस्ने वर्ष २७ को लोकेन्द्र बुढा ।
९. ऐ.ऐ. बस्ने वर्ष अं. ९ की सुस्मा बुढा ।