मोरङको सुकुना मा.वि.मा छात्रामाथि दुर्व्यवहार प्रकरण : लेखा अधिकृतसहित तीन जना निलम्बित, दुई शिक्षक र बस चालक प्रहरी नियन्त्रणमा

मोरङको सुकुना मा.वि.मा छात्रामाथि दुर्व्यवहार प्रकरण : लेखा अधिकृतसहित तीन जना निलम्बित, दुई शिक्षक र बस चालक प्रहरी नियन्त्रणमा


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ४ साउन २०८३
  • 1.7K
    Shares

मोरङको सुकुना माध्यमिकका sexual harreestment ,छात्रामाथि यौन दुर्ब्यबहार

विराटनगर ४ साउन २०८३।

मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयमा छात्रामाथि दुर्व्यवहार गरेको आरोपपछि विद्यालयले तीन जना कर्मचारीलाई निलम्बन गरेको छ भने प्रहरीले दुई शिक्षक र एक बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

विद्यालय व्यवस्थापन समिति र शिक्षक–अभिभावक संघको संयुक्त बैठकले निष्पक्ष छानबिन तथा कानुनी प्रक्रियालाई सहज बनाउन आरोपित कर्मचारीहरूलाई दोषी प्रमाणित नभएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको जनाएको छ।

निलम्बनमा परेका व्यक्तिहरूमा लेखा अधिकृत तथा शिक्षक अबिरल मास्के, सङ्गीत प्रशिक्षक भीमप्रसाद नेपाल र विद्यालयका बस चालक प्रदीप भट्टराई रहेका छन्।

विद्यालयद्वारा जारी सूचनामा शिक्षक तथा कर्मचारीको आचरणसँग सम्बन्धित सार्वजनिक आरोपहरू गम्भीर, खेदजनक तथा प्रचलित कानुनले निषेध गरेका विषयसँग सम्बन्धित भएकाले सत्यतथ्य पत्ता लगाउन सम्बन्धित निकायसँग समन्वय गरी निष्पक्ष छानबिन र कानुनी कारबाहीका लागि पत्राचार गरिसकिएको उल्लेख गरिएको छ।

विद्यालयले छानबिन प्रक्रिया नसकिँदासम्म विद्यार्थी, अभिभावक तथा शुभेच्छुकलाई संयमित रहन तथा कानुनी प्रक्रियामा सहयोग गर्न आग्रह गरेको छ। साथै अन्य आरोपित शिक्षक तथा कर्मचारीको विषयमा पनि आवश्यक छानबिन गरी कानुनबमोजिम थप कारबाही गरिने जनाएको छ।

यसैबीच, जिल्ला प्रहरी कार्यालय मोरङले घटनाको अनुसन्धानका क्रममा विद्यालयका शिक्षक किशोरलाल गच्छदार (३०), शिक्षक अबिरल मास्के (३५) तथा बस चालक प्रदीप भट्टराई (४०) लाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार विद्यालयका विद्यार्थीहरूले छात्रामाथि दुर्व्यवहार भएको आरोप लगाउँदै प्रदर्शनको तयारी गरेपछि घटनाको सत्यतथ्य अनुसन्धान गर्न सोमबार उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाउँदै अनुसन्धानबाट अन्य व्यक्तिको संलग्नता खुले कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ। साथै अनुसन्धान प्रभावित हुने गरी सामाजिक सञ्जालमा आधारहीन टिप्पणी वा अफवाह नफैलाउन सबैलाई अनुरोध गरेको छ।

घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

मोरङको एक विद्यालयका दुई जना शिक्षक र सवारी चालक विद्यालयका छात्राहरूमाथ दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्।

सुन्दरहरैचा नगरपालिका-१० खोर्सानेमा रहेको सुकुना माध्यमिक विद्यालयका शिक्षक सुन्दर हरैचा- २ बस्ने ३० वर्षीय किशोरलाल गच्छदार र सोही नगरपालिका १२ का ३५ वर्षीय अबिरल मास्के पक्राउ परेका हुन्।

यस्तै, सुन्दर हरैचा १२ कै ४० वर्षीय प्रदीप भट्टराई (सवारी चालक) लाई पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

सुकुना माध्यामिक विद्यालयका विद्यार्थीहरूले शिक्षकहरूले दुर्व्यवहार गरेको भन्दै शिक्षकविरुद्ध प्रदर्शन तयारी गरेपछि प्रहरीले घटनाबारे अनुसन्धान गर्न सोमबार उनीहरूलाई नियन्त्रणमा लिएको हो। 

साथै उक्त घटनामा अनुसन्धान पश्चात अन्य व्यक्तिहरू समेत संलग्न रहेको खुल्न आएमा कानून बमोजिम कारबाही हुने चेतावनी दिँदै प्रहरीले यस सम्बन्धमा सामाजिक सञ्जालहरुमा अनावश्यक टिप्पणी नगरिदिन अनुरोध गरेको छ।

घटनाबारे अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया