मोरङको कानेपोखरीस्थित सावायोहाङ किराँत महिम मन्दिरमा चोरी : तीन जना पक्राउ, दर्जनौं धार्मिक सामग्री बरामद

मोरङको कानेपोखरीस्थित सावायोहाङ किराँत महिम मन्दिरमा चोरी : तीन जना पक्राउ, दर्जनौं धार्मिक सामग्री बरामद


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३ साउन २०८३
  • 2.6K
    Shares

पोखरा, ३ साउन २०८३।

मोरङको कानेपोखरीस्थित सावायोहाङ किराँत महिम मन्दिरमा चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ भने उनीहरुको साथबाट एउटा स्कुटर तथा दर्जनौं धार्मिक सामग्री बरामद गरेको छ।

पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–७ निवासी २६ वर्षीय विवेक विश्वकर्मा, ३१ वर्षीय दिवस दर्जी र १८ वर्षीय अर्जुन दर्जी रहेका छन्।

उनीहरुको साथबाट  को ३४ प ५७७९ नम्बरको स्कुटर, नगद ६६५ रुपैयाँ, ६२ थान ढकी डलर, ६० थान तामाका कलश, १२ थान घण्टी, ४६ थान तामाका दियो, ३ थान तामाका थाली, १ थान पिलास, साथै ताला फुटाउन प्रयोग हुने फलामको ह्याम्बर र रड बरामद भएको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार साउन १ गते राति करिब ११ बजे कानेपोखरी चोकमा अस्थायी प्रहरी चौकी कानेपोखरीबाट खटिएको प्रहरी टोलीले नियमित सवारी जाँचका क्रममा तीन जना सवार रहेको स्कुटरमाथि शंका लागेपछि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो। सोहि क्रममा बरामद गरिएका सामग्रीबारे सोधपुछ गर्दा ती सामान कानेपोखरी–५ स्थित सावायोहाङ किराँत महिम मन्दिरबाट चोरी गरिएको खुलेको प्रहरीले जनाएको छ।

हाल उनीहरूलाई इलाका प्रहरी कार्यालय पथरीको हिरासतमा राखिएको छ। घटनाको विस्तृत अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रतिक्रिया