चितवनको भरतपुरमा बोलेरोले स्कुटरलाई ठक्कर दिंदा अस्पतालका सुचना अधिकारी पाण्डेको मृत्यु

चितवनको भरतपुरमा बोलेरोले स्कुटरलाई ठक्कर दिंदा अस्पतालका सुचना अधिकारी पाण्डेको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३ साउन २०८३
  • 950
    Shares

dead रमेश पाण्डे

पोखरा, ३ साउन २०८३।

चितवनको भरतपुर विमानस्थलअगाडि बोलेरोले स्कुटरलाई ठक्कर दिंदा अस्पतालका सुचना अधिकारीको मृत्यु भएको छ।

लु.प्र.०१–००१ च ३४८९ नम्बरको बोलेरोले भरतपुर विमानस्थलअगाडि पूर्व–पश्चिम राजमार्गमा जेब्राक्रस नजिकै सडक पार गर्दै गरेको ना ३६ प ९४४२ नम्बरको स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालक समेत रहेका मनकामना अस्पतालका सूचना अधिकारी ४० वर्षीय रमेश पाण्डेको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक भरतपुर महानगरपालिका–१२ निवासी मनकामना अस्पतालका सूचना अधिकारी ४० वर्षीय रमेश पाण्डेको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार ठक्करको प्रभावले पाण्डे करिब २५ मिटर परसम्म उछिट्टिएर सडकमा बजारिएका थिए। उनको शव हाल भरतपुर अस्पतालमा राखिएको छ।

दुर्घटनामा संलग्न बोलेरो र चालक कपिलवस्तुको जयनगर नगरपालिका निवासी २६ वर्षीय सागर सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रतिक्रिया