सङ्खुवासभामा घरायसी विवादपछि श्रीमतीको हत्या : श्रीमान पक्राउ

सङ्खुवासभामा घरायसी विवादपछि श्रीमतीको हत्या : श्रीमान पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २ साउन २०८३
  • 1.9K
    Shares

पर्वत, २ साउन २०८३।

सङ्खुवासभा । सङ्खुवासभामा घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्।

प्रहरीका अनुसार चैनपुर नगरपालिका–७ स्थायी घर भई हाल मादी नगरपालिका–४ डाँडागाउँ बस्दै आएका अन्दाजी ५६ वर्षीय अमरबहादुर सार्कीले घरायसी विवादका क्रममा आफ्नी श्रीमती फुलमाया मुदेलमाथि खुकुरी प्रहार गरेका थिए।

घटनामा गम्भीर घाइते भएकी फुलमाया मुदेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले अमरबहादुर सार्कीलाई घटनामा प्रयोग भएको खुकुरीसहित नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया