• जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ११ असार २०७३
  • 11.8K
    Shares

हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ नौबिसेका सुवास खत्री र प्रकास खत्री छन् । उनीहरुले काठमाडौं महानगरपालिका वडा २४ फसिकेवस्थित सुमन सुवास टेड्रिङमा अवैध रुपमा हुण्डीको कारोबार गरिरहेको आरोप प्रहरीको छ ।

महानगरीय प्रहरी वृत्त जनसेवाले हुण्डी कारोबारको सूचना पाएपछि अनुसन्धान थालेको थियो । प्रहरीले उनीहरुबाट ३६ लाख रुपैंया बरामद गरेको छ । खत्री द्वयले चीनका कारोबारीसँग मिलेर हुण्डीको कारोबार गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी विक्रम थापाले पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जानकारी दिए।

प्रतिक्रिया