लमजुङमा मर्स्याङ्दी गाउँपालिकाको जीप दुर्घटनामा, गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ घाइते

लमजुङमा मर्स्याङ्दी गाउँपालिकाको जीप दुर्घटनामा, गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २ साउन २०८३
  • 1.8K
    Shares

marsyangdi gaaupalika को गाडी दुर्घटना

पोखरा, २ साउन २०८३।

लमजुङको मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ सवार गाउँपालिकाको जीप दुर्घटनामा परेको छ।

प्रहरीका अनुसार शनिबार बिहान करिब ११ बजे मर्स्याङ्दी गाउँपालिका–३ अन्तर्गत पर्ने बेसिशहर–मनाङ सडक खण्डमा दुर्घटना भएको हो।

दुर्घटनाका बेला गाउँपालिकाको जीप अध्यक्ष गुरुङ आफैंले चलाइरहेका थिए। दुर्घटनापछि उनी घाइते भएका छन्।

घाइते गुरुङलाई उपचारका लागि बेंशीधहरस्थित प्रदेश अस्पताल लमजुङ पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया