झापामा कार–मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, चालक पक्राउ

झापामा कार–मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, चालक पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २ साउन २०८३
  • 494
    Shares

bike & car collide

पोखरा, २ साउन २०८३।

झापाको गौरीगन्ज गाउँपालिका–२ कृष्ण खोला नजिक हुलाकी राजमार्गमा कार र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनामा मोरङको रतुवामाई नगरपालिका–५ गोविन्दपुरका ३० वर्षीय मोहमद नुर स्लाम र ३५ वर्षीय एनबी मोजाबुल हकको ज्यान गएको हो। स्लाम मोटरसाइकल चालक थिए भने हक पछाडि सवार थिए।

शुक्रबार दिउँसो करिब १ बजे पूर्वतर्फ जाँदै गरेको प्र.१-०२-००२ च ५१०१ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको बीआर ३८ एच ५५४७ नम्बरको मोटरसाइकल ठोक्किँदा दुवै जना गम्भीर घाइते भएका थिए।

घाइते स्लामको दमकस्थित दमक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। हकको भने विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

दुर्घटनापछि कार चालक विराटनगर महानगरपालिका–१३ निवासी ३५ वर्षीय विवेक सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा कारको तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया