दाइजोको विवादमा महिलाको हत्या गरी भागेका एक अभियुक्त १८ वर्षपछि सिराहामा पक्राउ

दाइजोको विवादमा महिलाको हत्या गरी भागेका एक अभियुक्त १८ वर्षपछि सिराहामा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २ साउन २०८३
  • 608
    Shares

sirahaमा हत्या गरेर भागेको १ ८ वर्ष पछि पक्राउ

पोखरा, २ साउन २०८३।

दाइजोको विवादमा महिलाको हत्या गरी भागेका एक अभियुक्त १८ वर्षपछि सिराहामा पक्राउ परेका छन्।

सिराहाको बरियारपट्टी गाउँपालिका–५ निवासी ६० वर्षीय रामनाथ राय दाइजोको विवादमा महिलाको हत्या गरी भागेको आरोपमा १८ वर्षपछि उनको आफ्नै घरबाट पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर पालका अनुसार, २०६५ साल भदौ ३ गते बिहान करिब ९ बजे दाइजोको विवादका कारण बरियारपट्टी गाउँपालिका–५ कै २५ वर्षीया चन्द्रिकादेवी रायमाथि उनका श्रीमान् बौधा रायसहित तीन जनाले धारिलो हतियार प्रहार गरेका थिए। घटनामा गम्भीर घाइते भएकी चन्द्रिकालाई उपचारका लागि भारतको बिहार राज्यस्थित पटनामा लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि फरार रहेका अभियुक्तमध्ये रामनाथ रायलाई लामो समयदेखि खोजी गर्ने क्रममा प्रहरीले शुक्रबार पक्राउ गरेको हो। अन्य फरार व्यक्तिहरूको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रतिक्रिया