डडेल्धुरामा आज एकाबिहानै बोलेरो जीप दुर्घटना : दुई जनाको मृत्यु, तीन जना घाइते

डडेल्धुरामा आज एकाबिहानै बोलेरो जीप दुर्घटना : दुई जनाको मृत्यु, तीन जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २ साउन २०८३
  • 589
    Shares

dadeldhura jeep accident , डडेल्धुरा जिप दुर्घटना

पोखरा, २ साउन २०८३।

डडेल्धुरामा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्य भएको छ भने तीन जना घाइते भएका छन्।

धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सु.प.प्र ०१–००१ ज १८५० नम्बरको बोलेरो जीप भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्र्याखानमा आज शुक्रबार बिहान करिब २ बजे दुर्घटनाग्रस्त हुँदा दुई जनाको मृत्यु भएको हो भने चालकसहित तीन जना घाइते भएका हुन्।

उक्त दुर्घटनामा दार्चुलाको अपिहिमाल गाउँपालिका–१ का करिब ४५ वर्षीय सुगन लोथ्याल र सोही स्थानका करिब २८ वर्षीय हनु लोथ्यालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक भास्कर चन्दले जानकारी दिए।

सोही दुर्घटनामा परेर दार्चुलाको मार्मा गाउँपालिकाका ५० वर्षीय अमरसिंह ठगुन्ना, अपिहिमाल गाउँपालिका–१ की ३५ वर्षीया सरस्वती लोथ्याल तथा बैतडीको डिलासैनी गाउँपालिका–२ निवासी जीप चालक अमृत घरेडी घाइते भएका छन्। उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार जीप सडकबाट करिब ४ सय मिटर तल खसेको थियो। दुर्घटनाको कारण भने हालसम्म खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

प्रतिक्रिया