गृहमन्त्रीको निर्देशनपछि जनकपुरमा मिटरब्याज प्रकरणमा एकै परिवारका तीन जना पक्राउ

गृहमन्त्रीको निर्देशनपछि जनकपुरमा मिटरब्याज प्रकरणमा एकै परिवारका तीन जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १ साउन २०८३
  • 912
    Shares

पोखरा , १ साउन २०८३।

 गृहमन्त्री सुदन गुरुङले मिटरब्याज पीडितलाई न्याय दिलाउन प्रहरी प्रशासनलाई कडा निर्देशन दिएपछि धनुषा प्रहरीले मिटरब्याज प्रकरणमा एकै परिवारका तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पक्राउ पर्नेमा जनकपुरधाम–१६ निवासी रेखा कुमारी साह र गोपाल साह रहेका छन्। रेखा कुमारी साहलाई भारततर्फ भाग्ने क्रममा जटही नाकाबाट पक्राउ गरिएको हो भने गोपाल साहलाई पिडारी चोकस्थित जानकी वाटिका होटलबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

यसै प्रकरणका अर्का आरोपित हरेराम साहका बुवा बलराम साह भने फरार रहेका छन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

पीडितहरूको उजुरीअनुसार आरोपितहरूले विभिन्न कृषि कम्पनीको नाममा सरकारी अनुदान प्राप्त गरी त्यसको दुरुपयोग गर्दै चर्को ब्याजदरमा ऋण प्रवाह गर्ने, ऋणीबाट जग्गा पास गराएर मिटरब्याज असुल्ने तथा दैनिक रूपमा उच्च ब्याजदरमा रकम कारोबार गर्ने गरेका थिए।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। गृहमन्त्रीको निर्देशनपछि मिटरब्याजसम्बन्धी उजुरीमाथि अनुसन्धानलाई तीव्र बनाइएको प्रहरी स्रोतले जनाएको छ।

प्रतिक्रिया