पोखराका दुई युवक स्याङ्जामा नियन्त्रित लागूऔषधसहित पक्राउ

पोखराका दुई युवक स्याङ्जामा नियन्त्रित लागूऔषधसहित पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १ साउन २०८३
  • 1.3K
    Shares

पोखरा , १ साउन २०८३।

पोखराका दुई जना युवा स्याङ्जामा नियन्त्रित लागूऔषधसहित पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१८ का ३५ वर्षीय पुण्यप्रसाद आचार्य र पोखरा महानगरपालिका–५ का २९ वर्षीय सुरज प्याकुरेल रहेका छन्।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार उनीहरूको साथबाट बुप्रेनोर्फिन ३१ एम्पुल, डाईजेपाम २९ एम्पुल र फेनारगन ३० एम्पुल बरामद गरिएको छ।

अस्थायी प्रहरी चौकी राम्दीबाट खटिएको प्रहरी टोलीले बुटवलबाट गल्याङतर्फ आउँदै गरेको ग.२ ख १९५२ नम्बरको बस स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दी क्षेत्रमा जाँच गर्ने क्रममा उनीहरूलाई लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

प्रतिक्रिया