पोखराबाट अबैध हतियारसहित दुई जना पक्राउ

पोखराबाट अबैध हतियारसहित दुई जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३२ असार २०८३
  • 893
    Shares

पोखरा, ३२ असार २०८३।

पोखराबाट अबैध हतियारसहित दुई जना पक्राउ परेका छन्।

वडा प्रहरी कार्यालय रामबजारबाट गएको प्रहरी टोलीले पोखरा महानगरपालिका वडा नम्बर १४, मझेरीपाटनबाट अबैध हतियार भरुवा बन्दुक र एक थान धारिलो हतियार तरवारसहित स्थानीय दुई जना युवालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा पोखरा १४, मझेरीपाटनका ३० वर्षीय साजन बिक र सञ्जय नेपाली रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी डिएसपी हुन् ।

वडा प्रहरी कार्यालय रामबजारबाट गएको प्रहरी टोलीले खानतलासी गर्दा भरुवा बन्दुक भेटिएपछि विक र नेपालीलाई पक्राउ गरिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

साजन बिकको घर खानतलाशी गर्ने क्रममा फेला परेको भरुवा बन्दुकको स्थानीय प्रशासनबाट हतियार राख्न पाउने अनुमति नभएको देखिएको प्रहरीको जिकिर छ।

पक्राउ परेकालाई कास्की जिल्ला अदालतबाट हातहतियार तथा खरखजनासम्बन्धी कसूरमा ६ दिन म्याद थप गरी अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया