पोखराको सेती नदीमा अवैध बालुवा उत्खनन गरिरहेका तीन टिप्पर प्रहरी नियन्त्रणमाः जनही १५ हजार रुपैयाँ जरिवाना

पोखराको सेती नदीमा अवैध बालुवा उत्खनन गरिरहेका तीन टिप्पर प्रहरी नियन्त्रणमाः जनही १५ हजार रुपैयाँ जरिवाना


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३१ असार २०८३
  • 1.2K
    Shares

पोखरा, ३१ असार २०८३।

पोखरा महानगरपालिका–२५ स्थित सेती नदी किनारबाट अवैध रूपमा बालुवा उत्खनन गरिरहेको अवस्थामा प्रहरीले तीन वटा टिप्पर र तिनका चालकलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले मंगलबार राती करीब १०:१५ बजेकाे समयमा सेती नदी किनारमा अवैध रूपमा बालुवा उत्खनन गरिरहेको अवस्थामा तीन वटा टिप्पर र तिनका चालकहरूलाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार, नियन्त्रणमा परेका चालकहरूमा गोरखा घर भई हाल पोखरा–१९ लामाचौर बस्दै आएका २६ वर्षीय सुजन गुरुङ, रुकुम घर भई हाल पोखरा–१ सिम्पानी बस्दै आएका २६ वर्षीय विकास घर्ती तथा ओखलढुंगा घर भई हाल पोखरा–२५ याम्दी बस्दै आएका २५ वर्षीय राजु मगर रहेका छन्।

प्रहरीले नियन्त्रणमा लिएका टिप्पर र चालकलाई आवश्यक कारबाहीका लागि पोखरा महानगरपालिकाको कार्यालयमा बुझाएको थियो। महानगरपालिकाले अवैध उत्खननमा संलग्न तीनै चालकलाई जनही १५ हजार रुपैयाँका दरले जरिवाना गरी छाडेको जनाएको छ।

प्रहरीले नदीजन्य पदार्थको अवैध उत्खनन तथा ओसारपसारविरुद्ध निगरानी र कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।

प्रतिक्रिया