चरित्र हत्या भएको भन्दै फेसबुक लाइभमा विष सेवन गरेका पाथीभरा माताको आईसीयूमा उपचार जारी

चरित्र हत्या भएको भन्दै फेसबुक लाइभमा विष सेवन गरेका पाथीभरा माताको आईसीयूमा उपचार जारी


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २७ असार २०८३
  • 3.8K
    Shares

samir thapa पाथिभरा माताको आइसीयुमा उपचार जारी

सुर्खेत, २७ असार २०८३।

सुर्खेतको वीरेन्द्रनगरस्थित पाथीभरा मन्दिरसँग सम्बन्धित पाथीभरा माताको रूपमा परिचित समीर थापाले शुक्रबार फेसबुक लाइभका क्रममा विष सेवन गरेपछि उनको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ।

प्रदेश अस्पतालका उपसचिव सूचना अधिकारी अनिता ज्ञवालीका अनुसार उनलाई तत्काल अस्पताल ल्याई आईसीयूमा भर्ना गरिएको छ। हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

घटनापछि समीर थापाका आफन्तले समाजसेवी बेदिका केसी र प्रस्तोता प्रकाश सुवेदीलाई सुर्खेतमा आएर आफूहरूले लगाएका आरोप पुष्टि गर्न आग्रह गरेका छन्। उनीहरूले प्रमाणविना कसैको चरित्रहत्या गर्ने तथा झुटा आरोप लगाउने व्यक्तिमाथि कानुनी कारबाही हुनुपर्ने मागसमेत गरेका छन्।

आफन्तका अनुसार समीर थापाको स्वास्थ्यमा कुनै अप्रिय घटना भए त्यसको नैतिक जिम्मेवारी आरोप लगाउने पक्षले लिनुपर्ने उनीहरूको भनाइ छ।

चार दिनअघि प्रसारण भएको ‘प्रकाश सुवेदी शो’ कार्यक्रममा बेदिका केसीले पाथीभरा माताको रूपमा परिचित समीर थापासम्बन्धी विभिन्न आरोप लगाएकी थिइन्। उनले समीर थापा पुरुष भएको, विवाह गरिसकेको, आफूलाई माताका रूपमा प्रस्तुत गरेको तथा सामाजिक सञ्जालमा सार्वजनिक भएका केही भिडियोका आधारमा धर्मको नाममा ढोंग गरेको दाबी गरेकी थिइन्। साथै, समीर थापाले आफूविरुद्ध अपशब्द प्रयोग गरी भिडियो बनाएको आरोप पनि उनले लगाएकी थिइन्।

उक्त अन्तर्वार्तापछि समीर थापाले सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै आएका थिए। शुक्रबार भने उनले फेसबुक लाइभकै क्रममा विष सेवन गरेका हुन्। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। समाचारस्रोत मेरोपोस्ट

प्रतिक्रिया