बैतडी बस दुर्घटना अपडेट: १७ जना घाइते, दुईको अवस्था गम्भीर

बैतडी बस दुर्घटना अपडेट: १७ जना घाइते, दुईको अवस्था गम्भीर


  • जनसञ्चार डट कम संवाददाता
  • शुक्रबार, १९ असार २०८३
  • 1.5K
    Shares

baitadi bus accident

पोखरा, १९ असार २०८३ .

बैतडीमा यात्रुवाहक बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

दुर्घटना शुक्रबार दिउँसो करिब ३ बजे दशरथ चन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ गैराखान क्षेत्रमा भएको हो। धनगढीबाट बैतडी सदरमुकामतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ख ३९६३ नम्बरको बस सडकबाट करिब ६० मिटर तल खसेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा चालकसहित १७ जना घाइते भएका छन्। गम्भीर घाइते दुई जनासहित सबै घाइतेको उपचार भइरहेको छ।

दुर्घटनालगत्तै स्थानीयवासी, प्रहरी र उद्धार टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि नजिकका स्वास्थ्य संस्थामा पठाएका थिए।

बस दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन। घटनाको कारण पत्ता लगाउन प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया