हिमाली जिल्ला डोल्पामा गएराती मोटरसाइकल दुर्घटना : चालकसहित दुई जना घाइते

हिमाली जिल्ला डोल्पामा गएराती मोटरसाइकल दुर्घटना : चालकसहित दुई जना घाइते


  • जनसञ्चार डट कम संवाददाता
  • सोमबार, १५ असार २०८३
  • 2K
    Shares

dolpa bike accident

पोखरा, १५ असार २०८३।

हिमाली जिल्ला डोल्पामा मोटरसाइकल दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका छन्।

जिल्ला सदरमुकाम दुनैबाट त्रिपुराकोटतर्फ जाँदै गरेको बा ४५ प ६४८६ नम्बरको मोटरसाइकल सोमबार राति करिब साढे ८ बजे ठूलीभेरी नगरपालिका–९ खारखोलीमा अनियन्त्रित भई सडकबाट करिब ४० मिटर तल खसेर दुर्घटनाग्रस्त हुँदा चालकसहित दुई जना अघाइते भएका हुन ।

दुर्घटनामा मोटरसाइकल चालक जुम्लाका स्थायी बासिन्दा तथा हाल दुनै बजारमा मोटरसाइकल ग्यारेज सञ्चालन गर्दै आएका २६ वर्षीय सर्जन विक र मोटरसाइकलमा पछाडि सवार ठूलीभेरी नगरपालिका–९ मोतिपुर निवासी २८ वर्षीय गोपाल नेपाली घाइते भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक पदम रावलले जानकारी दिए।

प्रहरीले तत्काल उद्धार गरी दुवै घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल दुनै पठाएको जनाएको छ। हाल उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

प्रतिक्रिया