स्याङ्जा १२ असार २०८३।
स्याङ्जाको वालिङ नगरपालिका–७ लभ्लीडाँडामा आज बोलेरो जिप दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन्।
ताप्केतर्फबाट वालिङ आउँदै गरेको BAA ७९०५ नम्बरको डबल क्याप बलेरो जिप वालिङ–७ लभ्लीडाँडास्थित मिर्दी–चापाकोट सडक खण्डमा शुक्रबार सडक छेउमा पल्टिएर दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको हो भने अन्य २० जना घाइते भएका छन्।
उक्त दुर्घटनामा परेर वालिङ नगरपालिका–७ निवासी २५ वर्षीय राजेन्द्र बिरकट्टाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार , जिपमा चालकसहित २२ जना सवार रहेकोमा दुर्घटनापछि २० जना घाइते छन् । घाइते सबैलाई प्रारम्भिक उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि १७ जनालाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ भने २ जनालाई बुटवल पठाइएको छ। एक बालकको भने प्राथमिक स्वास्थ्य केन्द्र वालिङमै उपचार भइरहेको छ।
पोखरा रिफर गरिएकामध्ये वालिङ–७ निवासी ४६ वर्षीया रुपकला सारू, रुपन्देही गैडाहवा–४ निवासी ५५ वर्षीया सुमित्रा गुरुङ र नवलपरासी (पूर्व) कावासोती–५ निवासी ४१ वर्षीया मायादेवी सुनारीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूको अवस्था मध्यम रहेको छ।
बुटवल रिफर गरिएका घाइतेमा तिलोत्तमा–७, रुपन्देही निवासी ७३ वर्षीया भीमकुमारी थापा र ४७ वर्षीया लालसुवा थापा रहेका छन्।
प्रहरीका अनुसार जिप चालक वालिङ नगरपालिका–७ निवासी २८ वर्षीय मिनबहादुर सारूलाई नियन्त्रणमा लिई दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ। प्रहरीले दुर्घटनाको कारण खुल्न बाँकी रहेको जनाएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको छ।
पोखरा रिफर गरिएका घाइतेहरुको विवरणः
१) जि. स्याङ्जा वालिङ न.पा. -०७ बस्ने वर्ष ४६ की रुपकला सारू – टाउको अनुहार र छातीमा चोट, अवस्था सिरियस ।
२) जि. रुपन्देही, गैडाहवा गा.पा. वडा नं. -०४ बस्ने वर्ष ५५ की सुमित्रा गुरूङ- टाउको अनुहार र छातीमा चोट, अवस्था सिरियस
३) जि. नवलपरासी पूर्व कावासोती न.पा. -०५ बस्ने वर्ष ४१ की मायादेबी सुनारी- टाउको छाती, दाहिने हातमा चोट, अवस्था सिरियस ।
४) ऐ.ऐ. बस्ने मायादेबी सुनारी की छोरी वर्ष १२ की कर्मिसा सुनारी – छातीमा चोट , अवस्था मध्यम ।
५) जि. स्याङ्जा वालिङ न.पा.-०७ बस्ने वर्ष ४५ की जैकला सारू – शरिरमा भित्रि चोट, अवस्था मध्यम ।
६) जि. कास्की पोखरा म.न.पा. वडा नं. -०९ बस्ने वर्ष २० की रुक्सना थापा – टाउकोमा चोट, अवस्था मध्यम ।
७) जि. रुपन्देही देबदह न.पा. वडा नं. -०५ बस्ने वर्ष ४६ की कमला थापा – छाती र ढाडमा चोट, अवस्था मध्यम ।
८) जि. स्याङजा बिरुवा गा.पा. ०६ बस्ने बर्ष ३९ को टोप बहादुर थापा – छाती र ढाडमा चोट, अवस्था मध्यम ।
९) जि.स्याङजा वालिङ न.पा. ०७ बस्ने बर्ष ४९ की गौमाया सारू – छाती र ढाडमा चोट, अवस्था मध्यम ।
१०) जि.स्याङजा वालिङ न.पा. ०७ बस्ने बर्ष ५९ को बेल बहादुर आले – छाती र ढाडमा चोट, अवस्था मध्यम ।
११) जि.स्याङजा वालिङ न.पा. ०७ बस्ने वर्ष ३० को कुमार सारु- छाती र ढाडमा चोट, अवस्था मध्यम ।
१२) जि.स्याङजा वालिङ न.पा. ०७ बस्ने वर्ष ३८ की ज्ञानुमाया सारू – छाती र ढाडमा चोट, अवस्था मध्यम ।
१३) जि. नवलपरासी पुर्व, गैडाकोट न.पा. २ बस्ने बर्ष २६ की आस्मा तामाङ सारु टाउको , वाँया हातमा चोट मध्यम ।
१४) जि. नवलपरासी पुर्व, गैडाकोट न.पा. २ बस्ने बर्ष २० महिनाकी प्रिन्सा सारु टाउको र हातमा चोट मध्यम आस्मा तामाङ सारुको छोरी ।
१५) जि. रुपन्देही गैडाहवा गा. पा. वडा नं. -०४ बर्ष ४० की साबित्रा मगर छाती र खुट्टामा चोट मध्यम ।
१६) जि. रुपन्देही गैडाहवा गा. पा. वडा नं. -०४ बस्ने बर्ष ५१ की धन कुमारी उचाई ढाड र वाँया हातमा चोट मध्यम ।
१७) जि. रुपन्देही देवदह ना.पा. ६ बस्ने बर्ष ५१ कि नन्द कुमारी राना छाती ,हात र खुट्टामा चोट मध्यम ।
बुटवल रिफर गरिएका घाइतेहरुको विवरण:
१८) जिल्ला रुपन्देही, वुटवल तिलोतमा गा.पा.-७ भलभाडि निवासि वर्ष ७३ कि भिम कुमारि थापा
१९) जिल्ला रुपन्देही,वुटवल तिलोतमा गा.पा.-७ भलभाडि बस्ने वर्ष ४७ कि लालसुवा थापा