भू-माफियाहरुले सार्वजनिक जग्गा व्यक्तिगत नाममा दर्ता गर्न लागेको खबर पाएपछि नेकपा माओवादी निकट अखिल नेपाल किसान संघ क्रान्तिकारीले लेखनाथ नगरपालिकामा रहेको एक जग्गामा झण्डा गाडेर आफ्नो कब्जामा लिएको घोषणा गरेको छ । लेखनाथ नगरपालिका- ८ (शिशुवा- ३) मा रहेको किता नं। ४१५ र ४०९ को सार्वजनिक जग्गा अर्जुन भारी र विरेन्द्र भारीले दर्ता गर्ने षड्यन्त्र गरिहेकाले उक्त सार्वजनिक जग्गा आफूहरुले कब्जामा लिएको माओवादी किसान संघले दाबी गरेको छ ।
पन्चायत काल देखि नै सार्वज
निक भनेर पुष्टि हुँदै आएको उक्त जमिन स्थानीय अर्जुन भारी र बिरेन्द्र भारीले पैसा,सत्ता र शक्तिको आडमा नगरपालिकाका उच्च कर्मचारी र स्थानिय नेताहरुलाई मोटो रकम कमिसन दिएर आफ्नो नाममा दर्ता गर्न लागेको माओवादी किसान संघको भनाई छ ।
जग्गा कब्जा गर्ने कार्यक्रममा माओवादी जनसरकार कास्कीका प्रमुख जगन तिवारीले उक्त सार्वजनिक जग्गालाई लेखनाथ नगरपालीका कार्यकारी प्रमुख लोक बहादुर भण्डारी र कानुन अधिकृत राममणी अधिकारीको मिलेमातोमा भु माफियाले ब्यक्तिगत गर्न खोजेको आरोप लगाए ।
यस्तो हर्कत रोक्न र उक्त जमिनमा बसोबास गरि
राखेका सुकुम्बासीहरुको उचित ब्यवस्थापन गर्न आग्रह गर्दै जन परिषद कास्की प्रमुख जगन तिवारीले उक्त जमिनलाई दर्ता गर्ने प्रयास भएमा कमिसनका खेलाडीहरुलाई सशक्त कार्वाही गर्ने चेतावनी दिए ।लगभग सयौं कार्यकर्ताको उपस्थितिमा सम्पन्न कार्यक्रमको संचालन अखिल नेपाल किसान संघ क्रान्तिकारीका कास्कीका अध्यक्ष पुष्प कार्कीले गरेका थिए।
उक्त जग्गा कब्जा गरिएपछि वितरित पर्चामा सार्वजनिक जमिन ब्यक्तिको नाममा गर्ने भू-माफिया र सहयोग गर्ने कर्मचारीलाई कार्वाहीको माग समेत गरिएको छ । पर्चामार्फत् किसान संघले सार्वजनिक सम्पतिको संरक्षण गर्न सबैसँग आग्रह समेत गरेको छ ।