चितवनको भरतपुरमा नारायणी डेभलप्मेन्ट बैंकका सुरक्षा गार्ड मृत भेटिए

चितवनको भरतपुरमा नारायणी डेभलप्मेन्ट बैंकका सुरक्षा गार्ड मृत भेटिए


  • जनसञ्चार डट कम संवाददाता
  • मंगलबार, ९ असार २०८३
  • 912
    Shares

naaraayani नारायणी डेभलप्मेन्ट बैंक

चितवन, ८ असार २०८३।

चितवनको भरतपुर महानगरपालिका–१० स्थित नारायणी डेभलप्मेन्ट बैंकमा कार्यरत एक सुरक्षा गार्ड सोमबार मृत अवस्थामा फेला परेका छन्।

मृतक लमजुङ जिल्लाको बेंसीसहर नगरपालिका–११, चिती घर भएका ४५ वर्षीय गणेशराज पाण्डे रहेको प्रहरीले जनाएको छ।

प्राप्त जानकारीअनुसार पाण्डे बैंक परिसरभित्र रहेको आफ्नो बस्ने कोठामा मृत अवस्थामा फेला परेका हुन्। घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ। पाण्डेको मृत्युको कारण खुल्न बाँकी रहेको र पोस्टमार्टम रिपोर्ट आएपछि थप विवरण खुल्ने अपेक्षा गरिएको छ।

घटनापछि बैंकका कर्मचारी तथा स्थानीयवासी स्तब्ध बनेका छन्। प्रहरीले मृत्युको वास्तविक कारण पत्ता लगाउन आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ।

प्रतिक्रिया