रोल्पामा यात्रुबाहक बस दुर्घटना, १२ जना घाइते

रोल्पामा यात्रुबाहक बस दुर्घटना, १२ जना घाइते


  • जनसञ्चार डट कम संवाददाता
  • मंगलबार, ९ असार २०८३
  • 779
    Shares

rolpa रोल्पामा बस दुर्घटना

 पोखरा, ९ असार २०८३। 

रोल्पाको माडी गाउँपालिका–२ घर्तिगाउँ नजिक खोलबाङ क्षेत्रमा यात्रुबाहक बस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन्।

प्राप्त जानकारीअनुसार रुकुम पूर्वबाट दाङको घोराहीतर्फ जाँदै गरेको बस सोमबार दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते भएका १२ जनाको अवस्था सामान्य रहेको बताइएको छ।

घाइतेहरूको घर्तिगाउँस्थित स्मृति हस्पिटल प्रालिमा उपचार भइरहेको छ। उपचारमा संलग्न स्वास्थ्यकर्मीका अनुसार सबै घाइतेहरूको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ।

दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि स्थानीयवासी, प्रहरी तथा उद्धारकर्मीको सहयोगमा घाइतेहरूको उद्धार गरी अस्पताल पुर्‍याइएको थियो। घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको छ।

प्रतिक्रिया