आँखा छोपेर डोटीको जंगलमा छाडिएको गाईको स्थानीयहरुद्वारा उद्धार

आँखा छोपेर डोटीको जंगलमा छाडिएको गाईको स्थानीयहरुद्वारा उद्धार


  • जनसञ्चार डट कम संवाददाता
  • मंगलबार, ९ असार २०८३
  • 1.1K
    Shares

eye closed cow, आँखा छोपेर छाडिएका गाई

 पोखरा, ९ असार २०८३। 

आँखा छोपेर डोटीको जंगलमा छाडिएको एउटा गाईको स्थानीय जनताले उद्धार गरेका छन्।

आँखा नदेखिने गरी कपडाले बाँधेर गडसेरा–दिपायल सडकखण्ड अन्तर्गत गडसेरा बस्तीमाथि खलिकको बुराउसे क्षेत्रस्थित जंगलमा अलपत्र अवस्थामा छाडिएको गाईलाई स्थानीय जनताले उद्धार गरेका हुन्।

प्राप्त जानकारी अनुसार , उक्त जंगल क्षेत्रको एक रुखमा एउटा गाईलाई आँखा छोपेर रुखमा बाँधिएको अवस्थामा स्थानीयले फेला पारेका थिए। स्थानीयवासीको सक्रियतामा गाईको उद्धार गरी सुरक्षित स्थानमा सारिएको बताइएको छ।

घटनापछि स्थानीय बासिन्दाले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले दूध दिन छोडेकै कारण एउटा निरीह पशुमाथि यस्तो व्यवहार गर्नु मानवताविरुद्धको कार्य भएको बताएका छन्।

स्थानीयले घटनामा संलग्न व्यक्तिको पहिचान गरी कानुनी दायरामा ल्याउन तथा कडा कारबाही गर्न सम्बन्धित निकाय र स्थानीय सरकारसँग माग गरेका छन्। साथै, पशुप्रति हुने यस्ता क्रूर व्यवहार रोक्न प्रभावकारी निगरानी र सचेतना आवश्यक रहेको उनीहरूको भनाइ छ।

प्रतिक्रिया