चितवनको भरतपुरमा ट्रकको पछाडि स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु

चितवनको भरतपुरमा ट्रकको पछाडि स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु


  • जनसञ्चार डट कम संवाददाता
  • सोमबार, ८ असार २०८३
  • 1.3K
    Shares

पोखरा, ८ असार २०८३। 

चितवनको भरतपुरमा ट्रकको पछाडि स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु भएको छ ।

भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको ना ५ ख ५८१६ नम्बरको ट्रकमा भरतपुर महानगरपालिका १५ अतिथि पार्टी प्यालेस नजिकै सोही दिशातर्फ गइरहेको बा.प्र.०६००४ प ७२४८ नम्बरको स्कुटर पछाडिबाट ठोक्किएर दुर्घटनाग्रस्त हुँदा दुई युवाको मृत्यु भएको हो ।

उक्त दुर्घटनामा भरतपुर महानगरपालिका २६ दिव्यनगर बस्ने २२ वर्षीय अशोक भण्डारी र पछाडि सवार लमजुङ घर भई हाल भरतपुर महानगरपालिका २० बस्ने १९ वर्षीय राजिब गुरुङ गम्भीर घाइते भएको र उपचारको क्रममा बिहान २:४० बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

ट्रक चालक मकवानपुर राक्सिराङ गाउँपालिका ३ बस्ने २७ वर्षीय बाबुलाल थोकरलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया