पोखरा, ८ असार २०८३।
तनहुँको बन्दीपुर गाउँपालिका–४ गुम्बा नजिक टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
प्रहरीका अनुसार ग१क ५४६६ नम्बरको टिपर दुर्घटनामा परी व्यास नगरपालिका–४ निवासी ३६ वर्षीय चुनु श्रेष्ठको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरे ले दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको पोखरास्थित सैनिक अस्पताल पोखरा मा उपचारका क्रममा आज बिहान मृत्यु भएको जानकारी दिए।
प्रारम्भिक अनुसन्धानका आधारमा तीव्र गतिमा रहेको टिपर चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।