बाजुराको बुढीगंगामा एकाबिहानै बस दुर्घटना, १९ यात्रु घाइते

बाजुराको बुढीगंगामा एकाबिहानै बस दुर्घटना, १९ यात्रु घाइते


  • जनसञ्चार डट कम संवाददाता
  • आइतबार, ७ असार २०८३
  • 3.7K
    Shares

पोखरा, ७ असार २०८३। 

बाजुराको बुढीगंगामा आज एकाबिहानै बस दुर्घटना हुँदा १९ यात्रु घाइते भएका छन्।

महेन्द्रनगरबाट बाजुरा आउँदै गरेको पवनदूत यातायातको सुपप्र ०२ ००१ ख १३५५ नम्बरको बस बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका–१० रिठाबजार नजिकै आज बिहान दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका हुन्।

प्राप्त प्रारम्भिक जानकारीअनुसार दुर्घटनामा बसमा सवार १९ जना यात्रु घाइते भएका छन्। घाइतेहरूको उद्धार गरी उपचारका लागि नजिकका स्वास्थ्य संस्थातर्फ पठाउने तयारी भइरहेको स्थानीय स्रोतले जनाएको छ।

उक्त बस ब्रेक फेल भएपछि सडक छेउको भित्तामा ठोक्किएर दुर्घटना भएको स्थानीयले बताएका छन्। दुर्घटनाको कारण बसको ब्रेक फेल भएको बताइए पनि यसबारे आधिकारिक पुष्टि हुन बाँकी रहेको छ।

घटनास्थलमा प्रहरी पुगेर थप विवरण संकलन तथा घाइतेहरूको अवस्था बुझ्ने काम भइरहेको बताइएको छ। दुर्घटनामा घाइते हुने यात्रुहरूको नामावली, स्वास्थ्य अवस्था र बसको नम्बरलगायत अन्य विस्तृत विवरण आउन बाँकी रहेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया