रास्वपाको महाधिबेशनस्थल नजिक गएराती मोटरसाइकल दुर्घटना : एक जनाको घटनास्थलमै मृत्यु

रास्वपाको महाधिबेशनस्थल नजिक गएराती मोटरसाइकल दुर्घटना : एक जनाको घटनास्थलमै मृत्यु


  • जनसञ्चार डट कम संवाददाता
  • आइतबार, ७ असार २०८३
  • 1.5K
    Shares

चितवन, ७ असार २०८३।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिबेशन शुरु हुनै लाग्दा महाधिबेशनस्थल नजिक गएराती मोटरसाइकल दुर्घटनाग्रस्त हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

रास्वपा महाधिबेशनस्थल भरतपुर महानगरपालिकाको चौबिसकोठीमा गएराती ना ४३ प ४१६३ नम्बरको मोटरसकल दुर्घटनाग्रस्त हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको हालसम्म पहिचान खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ। दुर्घटनापछि शवलाई आवश्यक कानुनी प्रक्रिया तथा पहिचानका लागि चितवन मेडिकल कलेजमा राखिएको छ।

मृतकको परिचय खुलाउन प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ। दुर्घटनाको कारण र संलग्न सवारी साधनबारे थप विवरण आउन बाँकी रहेको छ।

प्रहरीले मृतकको बारेमा जानकारी हुने जो कोहीलाई नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरी सहयोग गर्न आग्रह गरेको छ।

दुर्घटनासम्बन्धी थप विवरण प्राप्त हुनासाथ सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

प्रतिक्रिया