पोखरा,६ असार २०८३।
अबैध लागू औषध लागूऔषध गाँजासहित पोखराबाट एक युवक पक्राउ परेका छन्।
ग ८ प ४८४७ नम्बरको मोटरसाइकलमा गएको मंगलबार राती साढे १० बजेतिर पोखरातर्फ आउंदै गरेका नहुँको शुक्लागण्डकी नगरपालिका–१ स्थायी घर भई हाल पोखरा महानगरपालिका–६ जरेवर बस्ने २१ वर्षीय संगम गुरुङ पोखरा महानगरपालिका–३२ मजुवा क्षेत्रबाट अबैध लागू औषध लागूऔषध गाँजासहित पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले सवारी चेकिङ् गर्ने क्रममा अभियुक्त संगम गुरुङलाई एक किलो एकसय ८५ ग्राम गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
अभियुक्त गुरुङबिरुद्ध कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी कसूरमा पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।