पोखरा , ६ असार २०८३।
कालिकोटमा चार महिना अघि आफ्नो छोरासँग मिलेर एक महिलाले आफ्नो श्रीमानको हत्या गरेको खुलेको छ।
गएको फागुन २७ गते कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–९ स्थित सुपेचौरको गोरेटो बाटोमा मृत भेटिएका सूर्यबहादुर शाहीको मृत्यु सम्बन्धमा अनुसन्धान गरिरहेको कालिकोट प्रहरीले चार महिनापछि त्यस्तो रहस्य पत्ता लगाएको हो।
जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार , सान्नीत्रिवेणी गाउँपालिका–४ का स्थायी बासिन्दा भए पनि हाल वडा नं. ९ को मुम्रा क्षेत्रमा बसोबास गर्दै आएका ४८ वर्षीय सूर्यबहादुर शाहीको हत्या भएको आशंका गरेको प्रहरीले करीब चार महिनाको अनुसन्धान गरेको प्रहरीले मृतकका १८ वर्षीय छोरा रोशन शाही र ४१ वर्षीया श्रीमती राजकला शाहीलाई पक्राउ गरेको छ।
प्रहरी अनुसन्धानका क्रममा उनीहरूले सूर्यबहादुरमाथि ढुंगाले टाउकोमा प्रहार गरी हत्या गरेको तथ्य खुलेको जनाएको छ।
हत्या आरोपमा पक्राउ परेका दुवै जनाविरुद्ध कालीकोट जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश ज्ञवालीले जानकारी दिए । सांकेतिक चित्र