मलेसियामा एक नेपाली मृत भेटिए

मलेसियामा एक नेपाली मृत भेटिए


  • जनसञ्चार डट कम संवाददाता
  • आइतबार, ३१ जेष्ठ २०८३
  • 1.8K
    Shares

dawa sherpa मलाशियामा मृत्यु भएका दावा शेर्पा

पोखरा३१ जेठ २०८३।

मलेसियामा एक नेपाली मृत भेटिए का छन्।

मलेसियाको सेलाङ्गोर राज्यमा संखुवासभाका ५२ वर्षीय दावा शेर्पा मृत भेटिएका हुन् ।

शेर्पा गएको जुन ११ २०२६ मा मृत भेटिएको अस्पतालस्रोतलाई उद्धृत गर्दै शेर्पा संघ मलेसियाका अध्यक्ष ङवाङ नुरी शेर्पाले जानकारी दिएका छन्।

चिकित्सकहरुले दिएको पोस्टमार्टम रिपोर्टमा घाँटीमा दबाब परेका कारण मृत्यु भएको उल्लेख गरिएको प्राप्त समाचारमा जनाइएको छ।

शेर्पा संघ मलेसियाका अध्यक्ष ङवाङ नुरी शेर्पाका अनुसार घटनाबारे सम्बन्धित निकायबाट थप अनुसन्धान भइरहेको छ।

दिवंगत दावा शेर्पाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको छ।

प्रतिक्रिया