दोलखामा दुईवटा मोटरसाइकल ठोक्किए : एक जनाको मृत्यु, दुई जना गम्भीर घाइते

दोलखामा दुईवटा मोटरसाइकल ठोक्किए : एक जनाको मृत्यु, दुई जना गम्भीर घाइते


  • जनसञ्चार डट कम संवाददाता
  • शनिबार, ३० जेष्ठ २०८३
  • 2.3K
    Shares

पोखरा३० जेठ २०८३।

दोलखामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

चरिकोटबाट जिरीतर्फ जाँदै गरेको बा .प्र ०२–०६२ प ८४८६ नम्बरको मोटरसाइकल र विपरीत दिशा अर्थात् चरिकोटतर्फ आउँदै गरेको बा.८० प ७९७३ नम्बरको मोटरसाइकल शुक्रबार साँझ भीमेश्वर नगरपालिकाको वडा नम्बर –५ पिपलबोट नजिकै एक आपसमा ठोक्किंदा एक जनाको मृत्यु भएको हो भने थप दुई जना गम्भीर घाइते भएका हुन्।

उक्त दुर्घटनामा परेर वैतेश्वर गाउँपालिका–८ क्षेत्रपाका अन्दाजी २२ वर्षीय रसिक श्रेष्ठको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

सोही दुर्घटनामा परेर भीमेश्वर नगरपालिका–६ चोथाङका १९ वर्षीय विवेक थामी र वैतेश्वर गाउँपालिका–२ पुतलीकाठका अन्दाजी २६ वर्षीय उमेश तामाङ गम्भीर घाईते भएको प्राप्त समाचारमा जनाइएको छ ।

घाईते विवेक थामीलाई काठमाडौँ रेफर गरिएको छ भने अर्का घाइते उमेश तामाङलाई पनि काठमाडौँ पठाउने तयारी भइरहेको भैरहेको छ ।

दुर्घटनामा ज्यान गुमाएका श्रेष्ठको शव पशुपति चौलागाईं स्मृति अस्पताल चरिकोटमा राखिएको छ ।

प्रतिक्रिया