भारतबाट १२ करोडको सुनचांदी चोरेर नेपाल आउंदै गर्दा दिदि – भिनाजु र साली सिमानाकामै पक्राउ

भारतबाट १२ करोडको सुनचांदी चोरेर नेपाल आउंदै गर्दा दिदि – भिनाजु र साली सिमानाकामै पक्राउ


  • जनसञ्चार डट कम संवाददाता
  • शुक्रबार, २९ जेष्ठ २०८३
  • 5.2K
    Shares

पोखरा, २९ जेठ २०८३।

भारतबाट किलोका किलो सुन–चाँदी चो’रेर नेपाल आउँदै गरेका दिदी, भिनाजु र साली नेपाल – भारत सिमा क्षेत्रबाट प’क्राउ परेका छन्।

भारतको तेलंगाना राज्यको साइबराबादस्थित एक सम्पन्न परिवारको करिब १२ करोड रुपैयाँ बराबरको सुनचाँदीका गरगहनासहितका धनमाल चो’री गरी नेपाल भाग्ने प्रयास गर्दैगर्दा नेपाल सीमा पुग्नुअघि नै उत्तर प्रदेशको रामपुर जिल्लाबाट भारतीय सुरक्षाकर्मीले नेपाली नागरिक कमल शाही, विमला शाही र कल्पना शाहीलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट सात किलो सुन, एककिलो चाँदी र करिब २५ हजार भारतीय रुपैयाँ नगद बरामद गरिएको छ।

लामो समयसम्म घरेलु कामदारको रुपमा काम गरेका उनीहरुले अन्ततः ठूलो चो’रीको योजना बनाएको भारतीय प्रहरीले जनाएको छ। विश्वास गरेर घरमा राखिएका घरेलु कामदारबाटै करोडौँ रुपैयाँ बराबरको सम्पत्ति चोरी भएपछि भारतका विभिन्न सञ्चारमाध्यममा यो घटना चर्चाको विषय बनेको छ। पैसाको लोभमा मालिककै घर लुटेर भाग्ने उनीहरूको योजना अन्ततः असफल भएको छ। यस घटनाले भारतमा काम गर्ने नेपाली कामदारप्रतिको विश्वासमा समेत प्रश्न उठाएको छ।

प्रतिक्रिया