तनहुँमा भारतीय नम्बर प्लेटको कार दुर्घटना, तीन जना भारतीय घाइते

तनहुँमा भारतीय नम्बर प्लेटको कार दुर्घटना, तीन जना भारतीय घाइते


  • जनसञ्चार डट कम संवाददाता
  • मंगलबार, २६ जेष्ठ २०८३
  • 2.9K
    Shares

तनहुँमा भारतीय कार दुर्घटना , indian car accident

पोखरा, २६ जेठ २०८३।

तनहुँको व्यास नगरपालिका–१२ देउरालीस्थित पृथ्वी राजमार्गमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।

डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको BR10AB7739 नम्बरको भारतीय कार मंगलबार दिउँसो करिब १ बजे अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा तीन जना भारतीय घाइते भएका हुन्।

उक्त दुर्घटनामा परेर भारतको बिहार राज्य, मधुबनी–१० निवासी ३७ वर्षीया आशा देवी, ४० वर्षीया मनिका देवी तथा कार चालक बिहारको भगलपुर निवासी २८ वर्षीय सोनु घाइते भएका जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ। घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएको छ।

प्रहरीका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ। दुर्घटनामा परेको कारमा सवार अन्य दुई जनाको अवस्था सामान्य रहेको बताइएको छ।

प्रतिक्रिया