किम–सी वार्ता: उत्तर कोरिया र चीनबीच सहकार्य विस्तारमा सहमति

किम–सी वार्ता: उत्तर कोरिया र चीनबीच सहकार्य विस्तारमा सहमति


  • एजेन्सीहरु
  • मंगलबार, २६ जेष्ठ २०८३
  • 3.9K
    Shares

पोखरा, २६ जेठ २०८३।

उत्तर कोरियाली नेता किम जोङ–उन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच प्योङयाङमा भएको शिखर वार्तामा राजनीति, अर्थतन्त्र र संस्कृतिका क्षेत्रमा सहकार्य विस्तार गर्ने सहमति भएको छ।

उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएका अनुसार दुवै नेताले उच्चस्तरीय भ्रमण र रणनीतिक संवादलाई थप सुदृढ बनाउने विषयमा सहमति गरेका छन्। भेटवार्ताले दुई देशबीचको सम्बन्धमा नयाँ अध्याय सुरु गरेको पनि उल्लेख गरिएको छ।

भेटका क्रममा किमले चीनको ‘एक चीन सिद्धान्त’ प्रति पूर्ण समर्थन जनाएका छन्। उक्त सिद्धान्तअनुसार चीनले ताइवानलाई आफ्नो भूभागको हिस्सा मान्दै आएको छ।

भ्रमणका क्रममा राष्ट्रपति सीले कोरियाली युद्धमा ज्यान गुमाएका चिनियाँ सैनिकको सम्झनामा निर्माण गरिएको सिनो–कोरियन फ्रेन्डसिप टावरको अवलोकन गरेका थिए। दुवै नेताले एक राजनीतिक विद्यालय परिसरमा संयुक्त रूपमा वृक्षरोपण समेत गरेका छन्, जसलाई दुई देशबीचको मित्रताको प्रतीकका रूपमा व्याख्या गरिएको छ।

प्रतिक्रिया