महोत्सवबाट चोरी भएको स्कुटरसहित पोखराबाट एक युवा पक्राउ

महोत्सवबाट चोरी भएको स्कुटरसहित पोखराबाट एक युवा पक्राउ


  • जनसञ्चार डट कम संवाददाता
  • मंगलबार, २६ जेष्ठ २०८३
  • 2.9K
    Shares

पोखरा, २५ जेठ २०८३।

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा आयोजित पाँचौं शुक्ला महोत्सवका क्रममा चोरी भएको स्कुटर पोखराबाट बरामद भएको छ।

पम्फा कुमारी थापाको नाममा दर्ता रहेको ग १४ प ४६०२ नम्बरको स्कुटर २०८२ चैत १५ गते महोत्सवका क्रममा चोरी भएको थियो। चोरीपछि उक्त स्कुटर पोखरा ल्याई नम्बर परिवर्तन गरी ग १४ प ७१०८ नम्बर राखेर चलाइरहेको अवस्थामा प्रहरीले फेला पारेको हो।

वडा प्रहरी कार्यालय बैदाम, कास्कीबाट खटिएको प्रहरी टोलीले शुक्रबार पोखरा महानगरपालिका–११ रानिपौवा निवासी २० वर्षीय सुदिप परियार लाई स्कुटरसहित पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका परियारलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बेलचौतारा, तनहुँ पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले चोरी भएका सवारी साधनको खोजी तथा नियन्त्रण अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ।

प्रतिक्रिया