पोखरा, २६ जेठ २०८३।
‘जेन-जी आन्दोलनको क्रममा काठमाण्डौको नख्खु कारागारबाट भागेका कैदी म्याग्दीमा लुकेर बसिरहेको अवस्थामा पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सप्तरीको खड्क नगरपालिका वडा नं. १० डड्राही स्थायी घर भएका ५४ वर्षीय विश्वनाथ भगत रहेका छन्।
गएको जेठ २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा भागेका भगतलाई म्याग्दी जिल्लाको मालिका गा.पा. वडा नं. ७ भारबाङ स्थित लुकिछिपि बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी प्रहरी निरिक्षक सागरराज तिमिल्सिनाले जानकारी दिए।
निज कैदी लागु औषध मुद्दामा दुईबर्ष एक महिना कैद फैसला भइ नख्खु कारागारमा कैद भुक्तान गरिरहेकको अवस्थामा जेन्जी आन्दोलनको क्रममा फरार भएको प्रहरीले बताएको छ।