पोखराको बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर एक युवाको निधन

पोखराको बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर एक युवाको निधन


  • जनसञ्चार डट कम संवाददाता
  • मंगलबार, २६ जेष्ठ २०८३
  • 1.4K
    Shares

पोखरा, २६ जेठ २०८३।

पोखराको लेखनाथस्थित बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर एक युवाको निधन भएको छ।

सिन्धुली घर भई हाल पोखरा–१८ सराङकोटस्थित मामाघरमा बस्दै आएका अन्दाजी २३ वर्षका कान्छा मगरको पौडी खेल्ने क्रममा बेगनास तालमा डुबेर निधन भएको हो ।

बेगनासतालमा ​युवक डुबेको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हे.क्वा. कालिका कास्कीबाट सशस्त्र प्रहरी
निरीक्षक कमल वलीको कमाण्डमा खटिएको गोताखोर टोलीले साँझ १७:१५ बजे तालको करिब २० फिट गहिराइबाट ती
युवकलाई मृत अवस्थामा बाहिर निकालिएको प्रहरीले जानकारी दिएको छ।

मगरको शब पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य बिफ्याँ प्रतिष्ठान पोखरामा पठाईएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया