पोखरा, २५ जेठ २०८३।
महोत्तरीस्थित एक पोखरीमा बोराभित्र बेपत्ता बालकको शब भेटिएको छ।
महोत्तरीको सम्सी गाउँपालिका–५ पोखरभिण्डा गाउँस्थित पोखरीमा आज बिहान बोराभित्र बेपत्ता एक जना बालकको शब भेटिएको छ।
घर नजिकै खेलिरहेका बेला शुक्रबार साँझ करिब ५ बजेदेखि हराइरहेका स्थानीय रोहीत यादवका तीन वर्षीय छोरा मनिकेश यादवको शब सोही ठाउँको पोखरीमा बोराभित्र भेटिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले जानकारी दिए। पोखरीमा बोराभित्र तैरिरहेको अवस्थामा भेटिएका ती बालकको हत्या गरिएको आशंका प्रहरीले गरेको छ। प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान सुरु गरिसकेको जनाएको छ। शव परीक्षणका लागि सम्बन्धित निकायमा पठाउने तयारी भइरहेको छ। फोटो एआई