काठमाण्डौ, २३ जेठ २०८३।
अमेरिकाको एक संघीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले लागू गरेको आप्रवासनसम्बन्धी नीति गैरकानुनी ठहर गर्दै खारेज गरेको छ।
३९ देशका नागरिकलाई शरण, काम अनुमति, ग्रिनकार्ड र नागरिकतासम्बन्धी आवेदनमा निर्णय नदिने गरी ट्रम्प प्रशासनले लागू गरेको आप्रवासनसम्बन्धी नीतिलाई रोड आइल्याण्डका प्रमुख जिल्ला न्यायाधीश जोन मिककनेलको इजलाशले खारेज गरिदिएको हो।
देशको आधारमा आवेदन रोक्नु भेदभावपूर्ण भएको ठहर गर्दै सोही अदालतले अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (USCIS) द्वारा अपनाइएको व्यवस्था कानुनविपरीत भएको स्पस्ट पारिदिएको छ।
यस निर्णयपछि अफ्रिका, एसिया, ल्याटिन अमेरिका र मध्यपूर्वका धेरै देशका आप्रवासीहरू प्रभावित भएको नीति खारेज भएको छ।